नुवाकोका ध्रुव तामाङ स्टील हुँदै `द भोइस अफ नेपाल´को नकाउट राउन्डमा प्रवेश,

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नुवाकोट विदुर नगरपालिका -७ टुप्चे निवासी गायक ध्रुव तामाङ `द भोइस अफ नेपाल´ को सिजन -३ ब्याटल राउन्डबाट स्टील भएर नकाउट राउन्डमा प्रवेश गरेका छन् ।

हिमालय टेलिभिजन मार्फत सनिवार राती प्रशारण भएको भोइसको सिजन -3 एपिसोड १४ मा कोच प्रमोद खरेलबाट दीक्षा थापासंग ब्याटल भिँडेका उनलाई कोच राजु लामाले स्टील गरेर लिएका हुन् ।

 

स्टील भएर कोच राजुको टिममा पुगेका ध्रुव भन्छन् ´जोजो ले स्टील गरेर आफ्नो टिममा लिँदा एकदमै खुसी भए । उहाँलाई सम्मान स्वरुप तामाङ पहिचान बोकेको मेरो टोपी निकालेर लगाइदिए । र, भक्कानिएर रोए पनि । म संगै जोजो लगायत अन्य पनि रुनुभयो ।´

ब्याटलमा दीक्षा र उनले पछिल्लो समयमा चर्चित गायक तथा संगीतकार उर्गेन दोङको ` टाढा भएपनी´ बोलको गीत गाएका थिए ।

 

हाल नेपालटारमा बस्दै आएका ध्रुव सानैदेखी गीत, संगीतमा रुचि राख्थे । उनले सन् २०११ मा जिल्ला स्तरिय गायन प्रतियोगिता र २०१३ मा रास्ट्रीय स्तरको गायन प्रतियोगिता `स्वर संग्राम´ मा जित हाँसिल गरिसकेका छन् ।

 

बुबा धन बहादुर र आमा चन्द्रमाया तामाङको कोखबाट जन्मिएका २९ बर्षिया ध्रुवले त्रिभुवन विस्वविद्यालयबाट `अङ्ग्रेजी साहित्य´ मा मास्टर गरेका छन्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button