निषेधाज्ञा झन्-झन् कडा: कोरोना घटाउन कि विपक्षी दबाबउन?

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सुरु भयो सुनुवाईको प्रक्रिया । अब ध्यान फेरि सबैको सर्वोच्च तिर नै तानियो । न्यायालयमा विचाराधीन विषयमा बोल्न मिल्दैन । यो मान्यता सबैले मानेकै छन्, जानेकै छन् । तर यो मान्यता मिचेर र कुल्चेर यस अघि यस्तै प्रकृतिको मुद्दामा न्यायालयलाई निशाना नै बनाइयो ।

मुद्दालाई आफ्नो अनुकुल बनाउन र न्यायालयलाई प्रभावित पार्न धेरै ठूलाबडाहरुले धेरै शब्द खर्च गरे । सर्वोच्चमा नै पुगेर कतिले मैले त्यसो भन्न खोजेको होइन भनेर कान पनि समात्नु प¥यो । यसपटक चाँही त्यो प्रवृति नदोहोरियोस ।

महामारी एकातिर कुर्सी खेल अर्को तिर । जनता भने हेरेको हे¥यै । शुक्रबारदेखि काठमाडौवासीले कठिन दिनको सामना गर्दैछन । एक साता पुग्ने गरि किनेर राख्नु भनेर उर्दी जारी भएपछि विचरा सोझासाझा नेपाली जनताले के गरुन ? नमानेको के छ र ? पाए खान्छन नपाए पेटमा पटुकी कसेर सुत्छन ।

घरभित्र बसौं गाँस छैन, घर बाहिर निस्कौ सास नै छैन झै भएको छ – नेपाली जनतालाई । हुन त महामारी नियन्त्रण गरेर जनताको जिउधन जोगाउनु सरकारको कर्तव्य नै हो । त्यही भएर जनताले खान पाउन या नपाउन उनीहरु बाँच्नु भने पर्छ । सरकारको एकोहोरो सुत्र हो यो ।

गरुन् के अब नेपाली जनता ?

तर विपक्षी दलहरु पत्याउन मानिरहेका छैनन् । कोरोनालाई देखाएर सरकारले तर्साउन खोजेको आरोप छ उनीहरुको । उनीहरुको आशंका अहिले आकाशमा मडारिरहेको बादल झै कता कता पनि पुग्न थालेको छ ।

सबैलाई झ्यालढोका थुनेर घर भित्र राखेपछि जे गरेपनि सडकमा निस्कने को हुन्छ र ? त्यसैले ठीक देख्दैनन सरकारको चाला उनीहरु । काठमाडौ उपत्यकाका तीनभाई सिडिओहरु मिलेर गरेको यो निर्णयले जनता पनि अचम्ममा नै परेका छन् । अधिकारकर्मीहरु सरकारले विवेक गुमाएको टिप्पणी गर्न थालेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button