निषेधाज्ञामा सांसद को छोराले हांकेकाे कारले ठक्कर दिँदा मजदुरको मृत्यु।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रदेश १ की प्रदेश सांसद विन्दिया कार्कीका छोरा रविन कार्कीले चलाएको कारको ठक्करबाट विराटनगरमा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ।

कारले ठक्कर दिँदा भएको दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन्। विराटनगर महानगरपालिका–४ स्थित विराटनगर विमानस्थलको नहरनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–०१–००२ च २१३९ नम्बरको कारले बिहीबार साँझ ७ : ३५ बजेतिर दुई जना पैदल यात्रीलाई एकै पटक ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा भारतीय नागरिक ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले कारको ठक्करबाट गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि कोसी अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषित गरेको जानकारी दिए।

दुर्घटनामा मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीय रामकुमार राजवंशी घाइते भएका छन्। उनको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुर्घटना गराउने कार प्रदेशसभा सदस्य विन्दिया कार्कीले प्रयोग गर्दै आएको खुलेको छ। छोरा रविनलाई चलाउनका लागि दिएका बेला कार दुर्घटना गरेको पाइएको प्रहरी स्रोतले बतायो।

दुर्घटनामा परेर मृत्यु र घाइते हुने दुवै पुरुष विराटनगर–४ स्थित न्यू एभरेष्ट फर्निचर उद्योगमा कार्यरत मजदुर हुन्।

प्रहरीका अनुसार उनीहरु उद्योगबाट काम गरेर फर्कँदै गर्दा दुर्घटनामा परेका हुन्। दुर्घटना लगत्तै कार चालक रविन फरार बनेका छन्। प्रहरीले भने चालकको पहिचान हुन नसकेको र फरार रहेका कारण खोजी तीव्र पारिएको जनाएको छ।
डीएसपी राईले सांसद विन्दियाका छोरा रविनले चलाएका बेला कार दुर्घटनामा परेको सूचना आएको भए पनि यकिन हुन बाँकी रहेको जानकारी दिए। ‘दुर्घटनाको खबर पाएपछि घटनास्थलमा पुगेको प्रहरी सुरुमा घाइतेको उद्धार र उपचारमा केन्द्रित हुनुपर्ने अवस्था आयो,’ उनले भने, ‘त्यसपछि दुर्घटना गराउनेको खोजी थालिए पनि अहिलेसम्म फेला पार्न सकिएको छैन। पहिचान पनि खुलेको छैन।’

स्थानीय प्रत्यक्षदर्शीका अनुसार कारमा अरु दुई युवती पनि सवार थिए। दुर्घटना लगत्तै तीनै जना कारबाट निस्किएर फरार भएको प्रत्यक्षदर्शीको भनाइ छ। ‘दुर्घटना भएपछि हामी भेला भएर घाइतेको उद्धारमा व्यस्त भयौँ,’ एक स्थानीयले भने, ‘त्यतिबेलै कार चालक युवा र दुई युवती कार घटनास्थलमै छाडेर फरार भएछन्।’ कारमा रहेका तीनै जनाले मादक पदार्थ सेवन (मापसे) गरेजस्तो देखिने उनको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button