निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पदमुक्त सङ्गै नेपालि राजनिति थप अस्थिरता तर्फ धकेल्लिदै।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाउनुभएको छ । सोमबार प्रतिनिधिसभा भएको विश्वासको मतको पक्षमा उहाँले ९३ पाउनुभएको छ ।

त्यस्तै, विपक्षमा एक सय २४ मत खसेको छ । बहुमतप्राप्त नगरेकाले विश्वासको मत गुमाएको सभामुख अग्नि सापकोटाले बताए । सापकोटाका अनुसार कूल २३२ सांसदले संसद्मा उपस्थित भएर मतदान गरेका थिए ।

तटस्थतर्फ १५ मत परेको सभामुखले जानकारी गराए । एमालेका झलनाथ खनाल-माधवकुमार नेपाल समूहका २७ सांसद अनुपस्थित रहेका छन् ।प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् । त्यस्तै जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button