निर्मात्री एवं अभिनेत्री जेनी कुँवरले आत्महत्या गरिन्

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
निर्मात्री एवं अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छन् । प्रहरी वृत्त बाँनेश्वरका अनुसार अभिनेत्री कुँवरले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन्।

डिप्रेशनका कारण अभिनेत्री कुँवरले आत्महत्या गरेकी प्रहरीले जनाएको छ । अहिले अभिनेत्री कुँवरको अपार्टमेन्ट पुगेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । साथै, ‘सुसाइड’ नोटसमेत भेटिएको प्रहरीले जनाएको छ ।

डिप्रेशनमा रहेकी अभिनेत्री कुँवर पछिल्लो समय पशुपति मन्दिर परिसरमा पनि साधुको अवतारमा बस्दै आएकी थिइन् । अभिनेत्री कुँवरले ‘हलचल’, ‘घायल’, ‘जीवनदाता’, ‘त्यागी मान्छे’, ‘हाम्रो मिलन कहिले हुन्छ’, ‘धुम’, ‘मैदान’, ‘मिस्टर डन’लगायतका कयौं फिल्ममा काम गरेकी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button