निमोनिया र कोरोनाका बिरामी नुवाकोटका कमानसिंह लामाको निधन

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नुवाकोटको विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह लामाको शुक्रवार दिउँसो निधन भएको छ । लामाका भान्जा एवं एमाले किस्पाङ गाउँपालिकाका नेता वीरबल तामाङले सामाजिक सञ्जाल फेसवुकमार्फत लामाको निधन भएको जानकारी दिनुभएको छ ।

उहाँले फेसवुक स्टाटसमा श्रद्धान्जली दिँदै लेख्नुभएको छ ‘मामा हामीले गरेको प्रयास असफल भयो सिनेमा झै केहि अन्तिममा भेट भयो यहाको आत्माप्रति चीर शान्तीको कामना छ, अत्यन्तै मर्माहित छु ।

स्वास्थ्यमा समस्या भएपछि २ हप्ताअघी अस्पताल भर्ना हुनुभएकका लामाकाे आज उपचारको क्रममा निधन भएकाे हाे । उहाँलाई समस्या देखिएपछि स्वयम्भूस्थित मनमाेहन अस्पतालमा भर्ना गरिएकाे थियाे ।

डेङ्गु रोगका कारण सिकिस्त बिरामी पर्नुभएका लामालाई अस्पतालमा रहेकै बेला कोरोना पोजेटिभ समेत देखिएको थयो । उहाँ निमोनियाको बिरामी समेत हुनुहुन्थ्यो ।

विदुर नगरपालिकाका पूर्व मेयर रहनु भएका लामा केही महिनाअघिमात्र नेकपा हुँदै एमालेेमा प्रवेश गर्नुभएकाे थियाे ।

नुवाकोटको राजनितीक र सामाजिक आन्दोलनका अग्रणी ब्यक्तित्व लामाको निधन भएकोमा जिल्लाबासीले दुख ब्यक्त गरेका छन ।

उपचारकै क्रममा शुक्रवार दिउँसो लामाको निधन भएको सार्वजनिक भएपछी सामाजिक सन्जाल प्रयोगकर्ताहरुले दुख ब्यक्त गर्दै स्तब्ध भएको प्रतिकृया दिएका छन । नेकपा नुवाकोटका नेता रामनाथ खनालले फेसवुकमा लेखेका छन्;

नेकपा नुवाकोटका नेता क. कमानसिँङ्ग लामाको निधनको दुखद समाचार आएको छ , आदरणीय कमरेडमा हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछु ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button