अचानक नायिका स्वतिमालाई के भयो? ९८४१०१७७६४ ईसेवा आईडी सार्वजनिक गर्दै, रकम पठाउन अनुरोध गरिन्।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
काठमाडौं । कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि लागू गरिएको निषेधाज्ञाका कारण चलचित्र प्राविधिकहरु बढी समस्यामा परेको भन्दै अभिनेत्री स्वस्तिमा खड्काले सहयोगको अपील गरेकी छन् ।

अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै समस्यमा परेका चलचित्र प्राविधिकहरुका लागि सहयोगको अपील गरेकी हुन् ।

अभिनेत्री स्वस्तिमाले कोरोनाको विषम परिस्थितिमा पनि सरकारको प्राथमिकता चलचित्र उद्योग नपरेको उल्लेख गर्दै चलचित्र निर्माण ठप्प भएको बताएकी छन् ।

चलचित्र निर्माण ठप्प हुँदा सबै भन्दा बढी प्राविधिकहरुलाई समस्या भएको उल्लेख गर्दै उनले भनेकी छन्, ‘प्राविधिकहरुलाई छाक टार्नसमेत समस्या भएको खबर पढ्दा म निकै भावूक भएकी छु ।’

सबै प्राविधिकहरुलाई समस्या नभएपनि स्पट ब्वायहरु बढी समस्यामा रहेको उल्लेख गर्दै स्वस्तिमाले सबैले सकेको रकम सहयोग गर्दा पनि ठूलो हुने बताएकी छन् । स्वस्तिमाले प्राविधिकहरुलाई सहयोग गर्नका लागि ९८४१०१७७६४ नम्बरको ईसेवा आईडीमा रकम पठाउन सकिने जनाएकी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button