नयाँ पाठ्यक्रममा पुरानो नक्सा राखेर बेच्नेलाई हदैसम्मको कारबाही गर्न निर्देशन।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

केही निजी प्रकाशकले नयाँ संस्करणको पुस्तकमा लिपुलेक, कालापनी र लिम्पियाधुरा नसमेटेको पाइएको भन्दै पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको हो ।

उनको सचिवालयका अनुसार मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको बुधबारको बैठकमा पुस्तक प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको जानकारी पाएपछि प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पनि निर्देशन दिएका छन् ।

‘तपाईंहरुले अनुगमन गर्नुस्, देशको आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्’ उनले बैठकमा निर्देशन दिएका थिए ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए । ‘यस विषयमा तत्काल अनुगमन गर्नेछौं, गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रक्रिया अघि बढाउनेछौं’ उनले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button