नक्कली मोनालिसा ४० करोडमा बिक्री !

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। विश्वप्रसिद्ध चित्रकार लियोनार्दो दा भिन्ची को अत्यन्तै प्रसिद्ध कलाकृति ‘मोनालिसा’को बारेमा विश्वका धेरैजसोलाई थाहा छ । यो कलाकृति भिन्चीका सबै कलाकृतिहरुमध्ये सम्भवतः सबैभन्दा प्रसिद्ध कलाकृति हो । तर, शुक्रबार एक लिलामीमा नक्कली मोनालिसा ४० करोड रुपैयाँमा बिक्री भयो । बिक्री भएको पेन्टिङ भिन्चीले बनाएको मोनालिसा नभइ यसको नक्कली प्रति थियो ।

डेचे वेलेको रिपोर्टअनुसार पेरिसमा क्रिस्टिज अक्सन हाउसले अनलाइनमार्फत गरेको लिलामीमा यो कलाकृति अनुमान गरिएभन्दा १० गुणा बढी मूल्यमा बिक्री भयो । यो कलाकृति २.९ मिलियन युरो अर्थात ४० करोड रुपैयाँमा भयो । यो नक्कली मोनालिसा १७ औं शताब्दीको सुरुवातमा एक गुमनाम इटालियन चित्रकारले बनाएका थिए । १६ औं शताब्दीको सुरुवातमा बनाइएको भिन्चीको मोनालिसाको करिब १०० वर्षपछि त्यसको प्रतिरुप चित्र बनाइएको थियो ।

यो प्रतिरुप पेन्टिङ पेरिसको लोवरेमा छ । लियोनार्दोले वास्तविक मोनालिसा काठको प्यानलमा बनाएका थिए । यो प्रतिरुप भने क्यानभासमा बनाइएको छ । ओल्ड मास्टर पेन्टिङ्सका अनतर्राष्ट्रिय निर्देशक पियरे एटियेनले भने ‘यसमा कुनै सन्देह छैन कि यो मोनालिसा होइन, यो ह्याकिङ मोना लिसा हो ।’ उनका अनुसार वास्तविक मोना लिया १९१४ मा लोवरेबाट चोरी भएको थियो । त्यसपछि ग्यालरीमा लगाइएको पेन्टिङ वास्तवमा बिल्कुलै मूल थिएन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button