“धार्मिक भेदभाव लज्जास्पद”

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सल्यान, ख्रीष्टमसकाे शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कपुरकाेट गाउंपालिका वडा न.१ सारपानी, सल्यान स्थित कपुरकोट गा.पा इसाई समाजले बृहत ख्रीष्टमस शान्ति र्याली सम्पन्न गरेको हाे।

बिशेष गरि बृहत ख्रीष्टमस शान्ती र्याली कार्यक्रम सारपानी हुदै रोल्पा निगालपानी पुगेर पुन सारपानी फर्केको हो। कपुरकोट गाउंपालिका इसाई समाज का अध्यक्ष श्री पास्टर गजबिर बाँठा को अध्यक्षता मा साे कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रमा यसै गाउँ पालिका भित्रका ३० वटा चर्चहरुकाे सहभागीता रहेको हाे। भेलामा ६०० जना भन्दा माथिको सहभागिता रहेको थियो।

शान्ती र्याली विशेष गरि ३ वटा बुंदामा केन्द्रित रहेको हो,जसमा धार्मिक विभेद अन्त्य गर , पास्टर  केशब आचार्य को रिहाई गर र ख्रीष्टमसलाई सार्बजनिक बिदा घोषणा गर भन्ने मुख्य नारा रहेको थियो।

यी ३ बुंदा मा केन्द्रित भई बृहत शान्ति र्याली सम्पन्न भएको हो।सोही कार्यक्रम संञ्चालक सन्ध्या महतारा क्षेत्री रहनु भएको थियो भने प्रमुख अतिथी कपुरकोट गा.पा. काे उप-मेयर तिला बुढामगर विशिष्ट अतिथि पास्टर ज्योती घर्तिमगर, अन्य अतिथी तर्फ कपुरकोट गा.पा वडा न.४ का अध्यक्ष श्री हरिलाल पुनमगर सोहि गा.पा.वडा न.१ का वडा सदस्य भुप सिङ राणा,ने.क.पा एमाले का गा.पा स्तरीय पार्टिगत इञ्चार्ज श्री रुपक बुढामगर भने सोहि गा.पा. ने.क.पा. माओवादी का पार्टीगत इञ्चार्ज श्री प्रकाश भण्डारी, स्वास्थ्य अ.हे.ब र,समाजसेवी गरि विशेष ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

सोही कार्यक्रम मा विशेष गरि माथिका ३ बुदालाई “नेपाल सरकारको लागि लजास्पद कुरा रहेको” उप-मेयर बुडामगरले बताउनु भयाे। र सोही बिषयबारे सरकार समक्ष राख्न पहल गर्ने बताउनु भएको छ, साथै त्यसै कार्यक्रम मा आउदै गरेको ख्रीष्टमस को शुभकामना आदान-प्रदान पनि गर्नु भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button