धार्मिक नेता दलाई लामाको ८६ औं जन्मदिन नेपालमा मनाइयो

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदायले आफ्ना धार्मिक नेता दलाई लामाको ८६ औं जन्मदिन मंगलबार सुुटुुक्क मनाएका छन्। तिब्बतबाट निर्वासित धार्मिक नेता लामा मंगलबारदेखि ८६ वर्ष पुुगेका छन्। उनी १४ औं दलाई लामा हुन्।

जन्मोत्सव कार्यक्रमको संयोजन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालय (टिबेटिएन रेफ्युजी वेलफेयर अफिस)ले गरेको थियो। तिब्बती समुदायले मंगलबार स्वयम्भूमा एक कार्यक्रमको आयोजना गरी धार्मिक नेता दलाई लामाको जन्मदिन मनाएका हुन्। उनीहरूले लामाका नाममा दीप प्रज्वलन  गरे।  तिब्बती समुदायले नेपालसहित विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण होस् भनेर विशेष पूजासमेत गरेका छन्। विश्व शान्तिको कामना गर्दै नेपालमा रहेका तिब्बती समुदायले आफ्ना धार्मिक नेता लामाको जन्मदिन मनाएका हुन्।

कोरोना भाइरस संक्रमण जोखिमको कारण देखाउँदै उनीहरूले जन्मोत्सव कार्यक्रममा कुनै तामझाम गरेनन्। उनीहरूले छोटो कार्यक्रम गरी लामाको जन्मदिन मनाएका हुन्। उनीहरूले कोरोना भाइरस जोखिमका कारण नेपालमा रहेका कूटनीतिक समुदायका व्यक्तिहरूलाई समेत निमन्त्रणा गरेनन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button