देशभर संक्रमितको संख्या घटेपनि काठमाडौंमा बढ्यो

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आज देशभर ६ हजार ९ सय ३९ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै २३ सय ३६ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा १७ सय ३४, ललितपुरमा ३६४ र भक्तपुरमा २३६ संक्रमित थपिएका हुन् । आज ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख १८ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् । बुधबार १४ सय ९३ संक्रमित थपिएका थिए। संक्रमित मध्ये काठमाडौंका ११ सय ३९, भक्तपुरका ११३ र ललितपुरका २४१ जना रहेका थिए।

त्यस्तै, आज कोरोना संक्रमणबाट आज थप १०६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ ।

आज कोरोना भाइरसका ६ हजार ३ सय ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button