दशै नजिकिँदै: सलवलाए चाेर, प्रहरी स्पेसल फाेर्स गठन

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

क्षितिज/दशै नजिकिँदै गर्दा बांकेकाे काेहलपुुर नगरपालिका भित्र चाेरिकाे घटनाहरु बढ्दाे छ। घरकाे बरन्डामा बाधिराखेकाे खसी दिउसै चाेरी भएको निरक बहादुर शाहीले बताए।

गत बिहीबार बाधिएर राखेकै ठाउँबाट राताे-सेताे रंगकाे खसी चाेरी भएको शाहीकाे भनाइ छ।

हराएको खसीकाे खाेजतलासी गर्ने क्रममा काेहलपुर नगरपालिका वडा नम्बर १३ स्थित खड्कवारमा लुकाएर राखेकाे अवस्थामा खसी फेला परेकाे हाे।

उक्त स्थानमा हराएको खसी फेलापरेपछी चाेरिमा संलग्न २ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि अनुसन्धान भैरहेको प्रहरी सहायक निरीक्षक शेर बहादुर बाह्रघरेले बताए।

एक महिना अगाडि आफ्नै घरकाे दाेस्राे तलाबाट राति नगद ४० हजार र सुन चांदी, माेबाइल गरि करिब ४ लाखकाे चाेरी भएकाे विवरण प्रहरीलाई जनाए र रिपोर्ट पनि हाले तर अहिलेसम्म अत्तोपत्तो नभएको काेहलपुर ५ काे सुनिता वर्माकाे परिवार बताउँछन् ।

यसरी दिनानुदिन चाेरीकाे घटना बढ्दा पनि ईलाका प्रहरी कार्यलय माैन रहेको र रिपोर्ट गर्दा पनि हराएको आफ्नो सामन नभेटेकाे गुनासोहरु आउन थालेपछि चाेरी नियन्त्रणकाे लागि नायव निरीक्षकको कमान्डमा आठ जनाकाे टाेलि सहितकाे ‘स्पेसल फाेर्स’ टाक्स पर्सन खडा गरेकाे र अहिले चाेरी नियन्त्रणमा सक्रिय रुपमा काम गरिरहेकाे इलाका प्रहरी कार्यलय काेहलपुरका डि.एस.पि रवीन्द्र खनालले जनाए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button