दशैँको टीका लगाउन गएको बेला प्रधानमन्त्री देउवाका घरमा चो’री?

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी । दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ भरतबहादुर देउवाको घरमा चो’री भएको छ ।

धनगढी उपमहानगरपालिका-२ सन्तोशी टोलका स्थानीय भरतबहादुर देउवाको घरमा शुक्रबार दिउँसो दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला सुनका गरगहना र नगद चो’री भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ समेत रहेका भरतबहादुरले सन्तोशी टोलमै रहेको आफन्तको घरमा टीका लगाउन गएको समयमा चो’री भएको बताए । उनले चार हजार नगदसहित करीब तीन तोला सुन र तीन तोला चाँदी चो’री भएको बताउँदै घरमा रहेको अन्य सामान भने सुरक्षित रहेको बताए ।

‘हामी ढोकामा ताल्चा लगाएर नजिकै रहेको आफन्तकोमा टीका लगाउन गएका थियौँ,’ देउवाले भने, ‘ताल्चा रडले खोलिएको छ । सबै दराज खोलेर नगदसहित तीन तोला सुन र तीन तोला चाँदी लगिएको छ ।’

घरमा चो’री भएको खबर पाउने बित्तिकै प्रहरी प’रि’चा’लन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले बताए ।

घ’ट’नाको अ’नु’स’न्धान भइरहेको बताउँदै चो’री भएको नगद र गरगहनाबारे विस्तृत विवरण प्राप्त भइनसकेको प्र’हरीले जानाएको छ ।नेपाल खबर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button