टिकटक बनाउने निउंमा सिन्दुर हालेर रियल बिवाह भएपछि।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालगन्ज : नेपालगन्जस्थित बागेश्वरी मन्दिरको जुँगे महादेवमा शुक्रबार बिहान एक जोडीको विवाह हुँदै थियो। केटाकेटी दुवै जना २० वर्षभन्दा कम उमेरका देखिन्थे। सिन्दूर हालेपछि भिडियो बनाउन थाले। ‘तर, १० रुपैयाँमा किनेको सबै सिन्दूरले सिउँदो भरेको देख्दा मलाई शंका लाग्यो’, प्रत्यक्षदर्शी एक किशोरीले भनिन्, ‘मैले सोध्दा टिकटक बनाएको जवाफ दिए। त्यति भनेर उनीहरू डराएर भाग्न थाले।’

मन्दिरको सुरक्षार्थ तैनाथ प्रहरीले तत्काल पक्राउ गर्‍यो। तर, केटाले टिकटक बनाएको भनेर अडान छाडेनन्। जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका ज्येष्ठ नागरिक सेवा केन्द्रमा दुवै जनालाई अलग–अलग राखेर सोधपुछ गर्दा मात्र विवाहको रहस्य खुल्यो।

‘बुवाको मृत्यु भइसकेको छ। आमा विदेश हुनुहुन्छ। हामीले भागेर बिहे गरेका हौं’, बेहुलीले प्रहरीसमक्ष भनिन्, ‘बालविवाह गरेको थाहा पाएपछि प्रहरीले जेल हाल्छ भन्ने डरले टिकटक भनेका हौं।’

कोहलपुर नगरपालिकाका उनीहरू परिवारले स्वीकार नगर्ने डरले अन्तरजातीय र अन्तरधार्मिक बिहे गर्न मन्दिर पुगेका थिए। एउटै वडाका उनीहरू कक्षा ८ का विद्यार्थी रहेछन्। प्रहरीले उमेर पुगेपछि मात्र विवाह गर्ने सर्तमा बेहुलीलाई उनकी फुपू र बेहुलालाई बाबु बोलाएर जिम्मा लगाएको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button