जोर्डनविरुद्ध पनि नेपालले जितेरै छाड्ने।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एसियाली विश्वकप छनोट समूह ‘बी’को आफ्नो अन्तिम दोस्रो खेलमा सोमबार नेपालले कुवेतमा जोर्डनको सामना गर्दैछ । त्यस अगाडि नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बलियो प्रतिद्वन्द्वीविरुद्ध पनि जितको रणनीति बनाएका छन् ।

अल्मुताइरीले आइतबार आयोजित भर्चुअल प्रि–म्याच कन्फ्रेन्समा जोर्डन बलियो टिम भएपनिनेपालको लक्ष्य जित नै रहेको र यसै अनुसार टिम उत्रने पनि बताए।

उनले भने, ‘जोर्डन निकै बलियो टिम हो, तर केही सञ्चारमाध्यमले जोर्डनविरुद्ध नेपालको कुनै सम्भावना नरहेको बताएका छन्। तर फुटबलमा यस्तो हुने गर्दैन । यस खेलका लागि हामीले कडा मिहिनेत गर्नेछौं।’

नेपालले जोर्डनको सामना गर्न लागेको यो तेस्रो पल्ट मात्र हो। यसमध्ये दुई खेलमा नेपाल पराजित रहेको छ। एक खेल भने बराबरीमा टुंगेको छ। यसपल्टको विश्वकप छनोटको पहिलो लेगमा नेपाल ३–० ले पराजित भएको थियो।

जोर्डनका प्रशिक्षक भिटाल बोरकेलमन्सले पनि फुटबलका सबै प्रकारको नतिजा सम्भव रहेको माने। उनले त्यस प्रि–म्याच कन्फ्रेन्समा भने, ‘मैले इराक र चिनियाँ ताइपेइविरुद्ध नेपालले खेलेको हेरेको छु । नेपालको खेल्ने शैली परिवर्तन भएको छ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button