जिन्स पाइन्ट लगाएको निउमा १७ बर्षे किसोरीको हत्या

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । भारतमा एक किशोरीलाई जीन्स लगाएको निहुँमा कुटेर हत्या गरिएको छ ।

गत साता भारतको उत्तर प्रदेशको देवरिया जिल्लास्थित सवरेजी खर्ग गाउँमा १७ वर्षीया नेहा पासवानलाई उनका नजिकका आफन्तहरूले कुटेर हत्या गरेको जनाइएको छ।

किशोरीसँग उनको पहिरनबारे विवाद भएपछि उनका हजुरबा-हजुरआमा र काका-काकीहरूले लट्ठीले कुटेको उनकी आमा शकुन्तलादेवी पासवानले बीबीसी हिन्दीलाई बताएकी छन् ।

दिनभरि व्रत बसेकी नेहाले साँझमा जीन्स र टप लगाएर पूजा गरेकी बताइएको छ। उनका हजुरबा-हजुरआमाले त्यो पहिरनबारे आपत्ति जनाएका थिए । उक्त विवाद बढेको र त्यसले हिंसाको रूप लिएको बताइएको छ । शकुन्तलादेवीका अनुसार नेहा अचेत भएपछि उनका आफन्तले एउटा ट्याम्पो बोलाएर त्यसैमा अस्पताल लगेको बताए।

उनीहरूले शकुन्तलादेवीलाई संगै जान नदिएपछि उनले आफ्नो आफन्तलाई त्यसबारे जानकारी गराएको र जिल्ला अस्पतालमा जाँदा त्यहाँ उनीहरूले नेहालाई नभेटेको जनाएका छन् ।

भोलिपल्ट शकुन्तलादेवीले गण्डक नदीमा बनेको पुलमा एउटी किशोरीको शव झुन्डिरहेको अवस्थामा देखिएको खबर पाएकी र त्यहाँ पुगेर हेर्दा त्यो शव नेहाकै भएको बताइन्।

प्रहरीले नेहाका हजुरबा-हजुरआमा, काका-काकी, काका-काकीका छोराछोरी र अटो ड्राइभरसहित १० जनाविरुद्ध हत्या र प्रमाण मेटाउन खोजेको आरोपमा जाहेरी दर्ता गरेको बीबीसीमा उल्लेख छ।

आरोपितले हालसम्म सार्वजनिक बयान नदिएको बताइएको छ । त्यहाँका वरिष्ठ प्रहरी अधिकृत श्रीयश त्रिपाठीले बीबीसी हिन्दीसँग कुरा गर्दै हजुरबा-हजुआमा, एकजना काका र अटो ड्राइभरसहित हालसम्म चार जना पक्राउ परेको बताए ।

प्रहरीले बाँकी आरोपितको पनि खोजतलास गरिरहेको बताए। पञ्जावको सहर लुधिआनामा निर्माण मजदुरको काम गर्ने नेहाका पिता अमरनाथ पासवान पनि उक्त घटनापछि घर फर्किएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button