जहाजभित्रै वेहाेस र रूवाबासी गरेका यात्रु सुरक्षित अवतरण भएपछि (भिडियाे सहित)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सोमबार विराटनगर विमानस्थलमा अवतरणका क्रममा ल्याण्डिङ गियर इण्डिकेटरमा समस्या आएपछि जहाज अवतरण गर्न नसकेको बुद्ध एयरले जनाएको छ ।

काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज अवतरणका क्रममा समस्या आएपछि अवतरण नगरी गन्तव्य स्थलबाटै काठमाडौं फर्किएको थियो ।

बुद्ध एयरको जहाजभित्र वयस्क ६८, र बच्चा ५ जना गरी ७३ यात्रु सवार थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको जहाजले धेरै बेरसम्म फन्को मार्यो । धावनमार्गमा फम राखेर अवतरण गर्ने योजना बनाइयो ।

धावनमार्गमा फम राखेर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियरले काम गरेपछि जहाज अवतरण गरिएको थियो । जहाजले यसअघि अवतरण गर्न नसकेर समस्या आएपछि जहाजभित्रै यात्रुको रूवाबासी चलेको थियो । यात्रुहरुले बाँच्ने आश मारिसकेको अवतरणपछि भनेका थिए ।

कोही यात्रु छिटो खोल्दिनुस हाम फाल्छौँ भनेर भनेको पनि सफल अवतरणपछि भनेका थिए । विराटनगरमा जहाजले धावनमार्गलाई फन्को मार्दा सामान्य समस्या रहेछ भन्ने यात्रुले सोचेका थिए । तर, पछि त्यहाँबाट काठमाडौं आएर कयौँपटक जहाजले चक्कर लगाएपछि यात्रुहरु आत्तिएका थिए । उनीहरुले जीवनलाई माया मारेको पनि सफल अवतरणपछि भनेका थिए ।

जहाजभित्र रहेका एयर होस्टेसका आँखामा आँशु बगेका थिए । तर, पाइलटले जहाजलाई सकुशल अवतरण गराए ।

भिडियो हेर्नुस् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button