जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक जना महिलाको मृत्यु।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

८ चैत २०७७ कर्णाली 24। जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक जना महिलाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ५० वर्षीया तीलमाया भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो ।

यस्तै हात्तीले सोही स्थानमा तीनवटा घर पूर्णरूपमा क्षति पुर्‍याएको कार्यालयले जनाएको छ । हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन ।

हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button