चीनले दिएकाे ९ लाख खाेप आज काठमाडौ आईपुग्दै।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं : चीनले अनुदानमा नेपाललाई उपलब्ध गराएको १० लाखमध्ये नौ लाख खोपको मात्रा मङ्गलबार काठमाडौं आइपुग्न लागेको छ। गत हप्ता राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिन्पिङबीच भएको कुराकानीका क्रममा उत्तरी छिमेकीले नेपाललाई थप खोप उपलब्ध गराउने घोषणा गरेको थियो।

यसअघि पनि चीनले नेपाललाई आठ लाख खोपका मात्रा उपलब्ध गराएको थियो। पछिल्लो सहयोगसँगै चीनले नेपाललाई उपलब्ध गराएको कुल खोपको मात्रा १८ लाख पुगेको छ।  पछिल्लो १० लाखमध्ये बाँकी एक लाख खोप पनि छिट्टै नेपाल आइपुग्ने बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button