चितुवाको छाला सहित तीनजना पक्राउ (भिडियो सहित) फलाेअप न्युज

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दाङ,(फलाेअप न्युज) प्रहरीका अनुसार शनिबार सांझ कारको पछाडिको सिटमा गुलाबी खैरो रङको झोला भित्र अवैध रूपमा वन्यजन्तु चितुवाको तीन थान छाला र ओसार पसारमा संलग्न तीनजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेमा बैतडी पाटन नगरपालिका वडा नम्बर ६ निवासी २० वर्षिय बिमल औजी, सोही ठाउँ निवासी २८ वर्षिय प्रदिपकुमार विक र सोही ठाउँ निवासी २० वर्षिय हेमन्त औजी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेबाट प्रहरीले प्रतिबन्धित चितुवाको छाला जस्तो देखिने ९ ठुलो पुच्छर देखि टाउँकोसम्म ७ फिट ६ ईन्च लम्बाई र अगाडिको खुट्टाको बिचको भागको चौडाई ४ फिट ७ ईन्च भएको छाला १ थान, टाउको देखि पुच्छर सम्मको लम्बाई २ फिट ८ ईन्च तथा पुच्छर देखि टाउको सम्मको लम्बाई २ फिट भएको २ वटा साना गरि जम्मा छाला ३ थान छाला बरामद गरेको हो ।

प्रदेश ३-०१-०२३ च ७६३८ नम्बरको सुजुकी कम्पनिको सेतो रङको कार र स्यामसुङ् मोबाईल २ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

भिडियो पनि हेर्नुस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button