बाघको आक्रमणमा परि दुई जना घाइते(भिडियो सहित हेर्नुहोस)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बर्दिया। (स्थलगत रिपोर्ट) गुलेरिया नगरपालिका–१, कट्टी गाउँमा आइतबार विहान १०ः३० बजे बाघको आक्रमणमा परि दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा सोही स्थानका ४० बर्षिय धिरेन्द्र यादव र १६ बर्षिय राकेश लोनिया रहेका छन् ।

एकाविहानै खेतमा बाघ हिडिरहेको देखेपछि स्थानियहरु जम्मा भएर लखेटेका थिए। बाघलाई भारतिय जङ्गलतिर धपाउने कोशिष् गर्दा अचानक आक्रमण गर्यो। पहिले धिरेन्द्र यादवलाई आक्रमण गरि लैजाने कोशिष् गर्दैगर्दा नजिकैबाट राकेश लोनिया जोडसँग चिच्याएपछि बाघले तुरुन्तै उनलाई आक्रमण गरेको थियो । तर सबैले हल्ला गरेपछि राकेशलाई पनि छोडेर बाघ त्यही चरि घाँसको खेतमा पसेको घट्नाको प्रत्येक्षदर्शिले जानकारी गराए।

घटना लगत्तै घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल गुलरियामा लगिएको थियो । राकेश लोनियाको अवस्था सामान्य भएपछि घर फिर्ता ल्याए भने धिरेन्द्र यादवलाई भने थप उपचारका लागि अस्पतालमै राखिएको छ ।

धिरेन्द्रको स्वास्थ्य सुध्रिरहेको उनकी आमाले बताइन् । त्यो बाघ दिनभरि नै त्यही घाँसबारीमै रहेको र साँझ परेपछि कतै गएको हुन सक्ने त्यहाँका स्थानियवासीहरुले बताए ।

वन विभागबाट आएको टोलीले अहिले बाघलाई जिस्क्याउनु उचित नरहेको भन्दै फिर्ता गएको कुरा स्थानियहरु बताउँछन्। बाघ त्यही नजिकै रहेको हुनसक्ने आशँकामा त्यहाँका स्थानियवासीहरु त्रासीत छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button