चितवन हत्या कान्ड: पैसाको लागि आफ्नै साथीको हत्या गर्ने सैनिक जवान पक्राउ

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन: नेपाली सेनामा कार्यरत जवानले आर्थिक प्रलोभनले आफ्नै साथीको हत्या गरेको खुलासा भएको छ ।

दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत जवान भरतपुर महानगरपालिका २१ का २६ वर्षीय गंगाधर ढकालले पैसाका लागि सोही गणमा कार्यरत हवल्दार भरत गुरुङको हत्या गरेको चितवन प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

ढकाललाई घटना भएकै दिन अपराह्न ४ बजे पश्चिम चितवनको चनौलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रकाश अधिकारीले बताए । ‘पैसाका लागि साथीको सोझोपनको फाइदा उठाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ’ उनले भने ‘रातभर मादक पदार्थ सेवन गराएर विहानपख हत्या भएको हो । हामी अझै अनुसन्धान गर्दै छौँ’।

प्रहरीका अनुसार गुरुङको वडा नं. १७ मानसिंह चोक नजिक सिमलडाँडा खेतको कुलोमा हत्या गरी फालेको अवस्थामा शव फेला परेको हो ।

धादिङको नीलकण्ठ–१३ का ३६ वर्षीय गुरुङले जग्गा पासको लागि चितवन आउनुपर्ने भएकोले ढकाललाई फोन गरी काठमाडौँमा लिन बोलाएका थिए । साउन ५ गते गंगाधरको मोटरसाइकल चढेर बुधवार चितवन आएका थिए । भरतपुर १९ शारदानगर टाउनस्थित भरतको माइला बुवाको छोरा रविन गुरुङको घरमा झोला राखेर ढकालसँग खाजा खाने भनेर निस्केका थिए ।

प्रहरीका अनुसार अत्याधिक मादक पदार्थ सेवन गराएर रातभर मोटरसाइकलमा डुलाएर विहान ५ बजे घर नभएको एकान्त स्थानमा पिसाब फेर्ने वाहनामा दायाँ कानमा गोली हानेका थिए ।

आरोपित ढकालले गुरूङको ग्लोबल आईएमई बैंकको खाली चेकमा आफैँले हस्ताक्षर गरेर चेक साटी ९ लाख रुपैयाँ झिकेका थिए । त्यसमध्येको एक लाख राखेर बाँकी परिवारलाई आफ्नो कमाइ भनेर दिएका थिए ।

घटनास्थलबाट गोलीको एक थान खोकाबरामद भएको थियो । ढकालसँगको सोधपुछ गर्दा बिसहजारी ताल गेट नजिकबाट एसएमजी बन्दुक फेला पारेको थियो । त्यस्तै सौराहा चोकस्थित ढकालको दिदीको घरमा लुकाइराखेको सात राउण्ड गोली, परिवारको सदस्यलाई दिएको आठ लाख रुपैयाँ बरामद गरेको छ ।

मुलुकी अपराध संहिता, २०७४ परिच्छेद –१२ ज्यान सम्बन्धी कसूर अन्तर्गत दफा १७७ मा जन्म कैदको व्यवस्था अनुसार मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button