चितवनमा ५८५ जनामा कोरोना पोजेटिभ, १६ गते देखि निषेधाज्ञा।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन, जिल्ला प्रशासन कार्यालय चितवनले १६ गते राती १२:०० बजे देखि लागू हुने गरि ३१ गते राती १२:०० बजे सम्मको लागि निषेधाज्ञा आदेश जारी गरेको छ ।

विश्व महामारी रोग नयाँ भेरिएन्ट सहितको कोभिड-१९ यस जिल्लामा पनि संक्रमण दर तिव्र रुपमा बढ्दै गएकोले जिल्ला स्थित रहेका अस्पतालहरुको क्षेमता भन्दा बढी हुने देखिएको छ।

संक्रमण जोखिम बढ्न नदिन भैरहेका विभिन्न प्रयास बमोजिम पनि भिड-भाड जन्य गतिविधि भैरहेकोले जिल्ला कोभिड-१९ संकट व्यबस्थापन समितिको १५ गते आज बसेको बैठकले गरेका निर्णय अनुरुप प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा भनिएको छ ।

जारी निर्देशन अनुसार अत्यावश्यक काम बाहेक कोहि घर बाहिर नसिकने तथा अनावश्यक हिड्डुल नगर्ने, हिड्नै परे स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउने । सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, सेमिनार, जात्रा, महोत्सव गर्न नपाइने । होटल,पार्टी प्यालेस, फुटसल, सिनेमाहल, फुटपाथ, व्युटिपार्लर,शैलुन लगायत खोल्न नपाइने ।

विवाह, व्रतवन्ध जस्ता संस्कारजन्य कार्यक्रमहरु होटल रेष्टुरेन्टमा गर्न नपाईने र घरमा गरे पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर १५ जना भन्दा बढी संख्यामा गर्न नपाईने जस्ता भिडभाड हुने कार्यहरु गर्न निषेध गरिएको छ । लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजी सवारी साधनहरु संचालनमा रोक लगाइएको छ ।

खाद्यान्न, तरकारी, दूध डेरि, फलफुल,ग्यास पसल, पेट्रोल पम्प लगायतका अत्यावश्यक सेवा आपूर्ति गर्ने कार्य बाहेक अन्य पसल, व्यवसाय संचालन गर्न पाइने छैन ।

एम्बुलेन्स, सवबाहन, स्वास्थ्य सामाग्री ढुवानी, दमकल, मालबाहक गाडीहरु चल्न पाइने कुरा जारी निर्देशनमा भनिएको छ ।

वैंक तथा वित्तीय संस्थाबाट अत्यावश्यक पयोजनमा सेवा प्रवाह गर्दा नेपाल राष्ट्र वैंकले तोकेको मापदण्डको अधिनमा रहि भौतिक दुरि कायम गर्ने लगायतका स्वास्थ्य मापदण्ड अपनाएर कार्यरत कर्मचारीको आधा कर्मचारीबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी निर्देशनमा भनिएको छ ।

चितवन जिल्लामा हाल कोरोना संक्रमित सक्रिय संख्या ५८५ जना पुगेका छन ।

यहि गतिले कोरोना संक्रमणमा वृद्धि हुँदै जाने हो भने केही दिनमै चितवन जिल्लामा पनि कोरोना उपचार अस्पतालहरु खचाखच हुने र अक्सिजनको समेत अभाव हुने कुरा स्वास्थ्य विज्ञ तथा चिकित्सकहरुले बताएका छन ।

तर भरतपुर र नारायणगढको बजारको माहोललाई हेर्ने हो भने कोरोनालाई खेलाची ठानेको जस्तो, देख्ने जोकसैलाई लाग्छ । व्यापारीहरुलाई व्यापार चलिरहोस् भन्ने चाहना छ । मानिसहरुलाई लकडाउन होला भन्ने कुराले आफुलाई चाहिने सरसामनको छिटो जोहो गरौं भन्ने लागेका छन । यसले कोरोना संक्रमित हुने र भयावहको स्थिती सिर्जना हुने  घुँइचो र मानिसहरुको भिडभाडले यहि संकेत देखाईरहेको छ ।

प्रशासन कार्यालय जिल्लामा कोरोना संक्रमित विरामीको संख्या पाँच सय कतिबेला नाघ्छ र निषेधाज्ञा गरौं भनी बसेको देखिन्छ । प्रशासनले भिडभाड भएको देखिएको ठाउँ र अटेरी गर्नेहरुलाई अहिलेदेखि नै भिडभाड नगर्न र कारबाही समेत गर्नु पर्दछ ।

निषेधाज्ञा लगाएर प्रहरी खटाउनु पुर्व भिडभाड भएको क्षेत्रहरुमा अहिलेदेखी नै प्रहरी खटाएर भिडभाड नियन्त्रण र स्वास्थ्य मापदण्ड अपनाउन भन्नू पर्दछ । अघिल्लो वर्ष गाउँ र बजार आवातजावत गर्ने मानिसहरुको कारण घर घरमै कोरोना संक्रमित विरामी हुन पुगि भयावहको स्थिति जस्तै यो पटक पनि नहोला भन्न सकिन्न ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button