चलचित्र निर्माता संघले फिल्मकर्मीलाई कोरोना खोप उपलब्ध गराउन माग।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चलचित्र निर्माता संघले फिल्मकर्मीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसँग माग गरेको छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले स्वास्थ्यमन्त्री तामाङलाई ज्ञापन–पत्र बुझाउँदै करिब ५ हजार फिल्मकर्मीलाई खोप उपलब्ध गराउन माग गरेका हुन् ।

खोप उपलब्ध गराएपछि राज्यका विभिन्न निकायसँग सहकार्य गर्दै अग्रपंक्तिमा खटिएर कोरोना महामारी रोकथा तथा नियन्त्रणका लागि फिल्मकर्मीले अझै गहन भूमिका खेल्नसक्ने निर्माता संघका अध्यक्ष अधिकारीको भनाइ छ ।

त्यसोत यस अगावै चलचित्र विकास बोर्डले पनि करिब तीन हजार फिल्मकर्मीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button