गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको एक निर्वाचन ‘बुथ’ कब्जा गर्न खोज्दा कुटाकुट

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको एक निर्वाचन ‘बुथ’ कब्जा गर्न खोज्दा कुटाकुट भएको छ । सात वटा बुथमध्ये एन्टर्पेन बुथमा मतगणनाको अन्तिम समयमा अपरिचित मान्छेहरुको समूहले बुथ कब्जा गर्न खोज्दा कुटाकुट अवस्था सिर्जना भएको हो ।

स्थानीय समयअनुसार २५ जुलाईका दिन उक्त घटना घटेको हो । एन्टर्पेन बुथमध्ये अन्य ६ वटा बुथमा एनआरएनए बेल्जियमको निर्वाचन शान्तिपूर्ण रुपमा भएको छ । तर, आन्तोर्पेनमा भने निर्वाचनको समय सकिनै लाग्दा ४ः ४५ मा ४-५ जना विदेशी मुलका व्यक्तिहरु एक्कासी हलभित्र प्रवेश गरेर मतपेटिका तानेर फुटाउन थालेपछि दुई पक्षबीचमा कुटाकुटको अवस्था सिर्जना भएको थियो ।

दुई पक्षबीचमा हानाहान भएपछि सुरक्षाकर्मी, निर्वाचन आयुक्त र महिलालगायत उपस्थित भएकाहरुले प्रतिरोध गरे । हालसम्म पनि उक्त घटना किन र कसले, केका लागि घटाउन खोजेको थियो भनेर विस्तृत विवरण आइनसकेको बताइएको छ । दुई पक्षबीच झडप भएपछि मतगणना पनि स्थगित भएको छ ।

त्यस दिन हलमा उपस्थित भएकाहरुले बुथमा आक्रमणकारीहरुले बुथमा आक्रमण गर्नुअघि पनि छिरेको बताएका थिए । आफूहरुलाई अध्यक्षका उमेदवार चेतप्रसाद भट्टको छोराले बोलाएर आएको बताएका थिए ।

आक्रमणकारीलाई अहिले कानुनी कार्बाहीको लागि बेल्जियम प्रहरीमा बुझाइएको र घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

घट्ना घटेपछि एन आर एन बेल्जियमको सदस्य बितरण तथा नबिकरण समितिको संयोजक तिर्थ धमलाले नियोजित रुपमा उक्त घटना घटेको भन्दै निष्पक्ष छानविन गर्न प्रेस विज्ञप्तिमार्फत भनेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘चरम लापरबाही सदस्यता भैसकेको ब्यक्तिहरुलाई पनि छानी छानी हटाउने हरेक दिन हरेक घण्टा घण्टामा फरक फरक नाम लिस्ट निकाल्ने र निर्वाचन समितिको संयोजक लोक दाहाल लगाएतले एक पक्षिय नामको मात्रै रुझु गर्ने भएको नाम पनि छिन छिनमै विभिन्न क्षेत्रमा पार्ने कहिले अर्कै क्षेत्रमा पार्ने काम भएकोले त्यसको निस्पक्ष छानबिन गरियोस र वर्तमान सदस्यता बितरण समिती र निर्वाचन समितिलाई भविस्यमा यस्तै सामाजिक जिम्मेवारि नदिन अपिल गर्दछौं।’

कुटाकुट हुँदा कोषाध्यक्षका उम्मेदवार लोकेन्द्र नेपाल, एनआरएनए बेल्जियमकी पूर्वउपाध्यक्ष सारदा अर्याल, क्षेत्री समाज बेल्जियमकी अध्यक्ष मुना केसीमाथि कुर्सी प्रहार भई सख्त घाइते भएका छन।

यसपटकको चुनावमा अध्यक्ष पदका लागि उपाध्यक्ष खड्कबहादुर केसी, वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य व्यवसायी अनुजा प्रधान र सीपी भट्टको उम्मेद्वारी परेको छ ।

अध्यक्षको दावी गरिरहेका तीनैजना उम्मेद्वारहरु बेल्जियमका ब्यवसायी रहेका छन् । भट्ट भने अघिल्लो एनसीसीमा मनोनित कार्यसमिति सदस्य पनि हुन् ।

निर्वाचनमा विभिन्न पदका लागि कूल ३६ जनाको उमेदवारी परेकामध्ये केसी समूहबाट १० भन्दा बढी उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button