गुराँस टिपनेलाई ५ हजार जरिवाना।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चैत २३ : म्याम्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन्। घोडेपानी टोल सुधार समितिले आइतबार सार्वजनिक सूचना जारी गरेर अनुमतिबिना गुराँसलगायत अन्य फूल टिप्न रोक लगाएको हो।

समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अटेर गरेर गुराँस टिपे ५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय भएको जानकारी दिए। गुराँसको फूल टिप्ने क्रममा हाँगा भाँच्दा रूख मासिने खतरा बढेको छ,’ उनले भने, ‘राष्ट्रिय फूल गुराँस संरक्षणका लागि यस्तो निर्णय गरिएको हो।’

गुराँसको फूल नपाक्दै टिपिदिदाँ त्यसको बिउ भुइँमा झर्ने र नयाँ बिरुवा पलाउन नपाउने समस्या हुने उनले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययन अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छन्।

एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जंगल गण्डकी प्रदेशकै ठूलो भएको आकलन गरिएको छ। वसन्त ऋतृृसँगै घोडेपानी क्षेत्रको गुराँसको जंगल अवलोकनका लागि केही दिनयता पर्यटकको चाप बढेको छ।

वनैभरि राताम्मे फुलेका गुराँसका रङले यहाँको जंगल निकै मनमोहक र आकर्षक बनेको छ। गुराँसले भरिएको जंगलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटक बढ्न थालेका घोडेपानी टोल सुधार समितिका कोषाध्यक्ष ज्ञानबहादुर गर्बुजाले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button