गुडिरहेको बसमा यात्रुको गरगहना जल्याे,क्षतिपूर्ति पाउन यात्रुले यस्तो गर्नुपर्ने(भिडियो सहित)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

७ कात्तिक २०७८ धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ ।

सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट बसमा पूर्णरुपमा क्षति पुगेको छ ।

इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण कुनै मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । बसमा ३६ जना यात्रु रहेका थिए ।

बसमा आगो लाग्नुको कारण भने वायरिङमा सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।स्थानीय तथा प्रहरी मिलेर आगो नियन्त्रणमा लिएका छन् । आगो नियन्त्रणपछि मात्र दमकल घटनास्थल पुगेको थियो ।

यात्रुहरुले आ-आफ्नो सरसामानहरु ल्यापटप, माेवाईल तथा गरगहना समेत जलेर नस्ट भएको प्रहरीमा उजुरी दिएका छन्।  प्रहरीका अनुसार यात्रुहरूको उजुरी अनुसारकाे विल ईलाका प्रहरी कार्यलय गजुरीमा पेस भएपछि मात्रै क्षतिपूर्तिकाे प्रकृया अगाडि बढ्ने बताएका छन्।

 

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button