गल्छि, काफलचौर र मसानठाँटीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु (नाम र ठेगानासहित)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२३ जेठ, धादिङ । धादिङको धुनिवेशी नगरपालिका-९ काफलचौरमा ट्रक अनियन्त्रित भएर सडकबाट खस्दा चालकको मृत्यु भएको छ ।

ना १ क ३७९६ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खोल्सामा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा ट्रक चालक सोही ठाउँ बस्ने ४० वर्षीय रामकुमार तामाङको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको समाज अस्पताल सतुङ्गल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी धादिङकै गल्छी गाउँपालिका-७ भलटारमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीय नवराज घिमिरेको शनिबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बुढीगण्डकी अस्पताल गल्छीमा उपचारको क्रममा मृत्यु भएको हो । शंकास्पद एक ट्रकलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै गोरखाको पालुङटार नगरपालिका–९ मसानठाँटीमा ग १ त ४२७८ नम्बरको ट्याक्टर सडकबाट करिब १० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा ट्याक्टरमा काम गर्ने धादिङ दार्खा–३ खनिया घर भएका २० वर्षीय याकुब तामाङको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button