गधाकाे दूध बेच्ने सबै भन्दा धनी

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गधा एक समझदार जनावर हो। गधालाई करिब ५ हजार वर्षभन्दा अगाडिदेखि पृथ्वीमा सामान ढुवानीको साधनका रूपमा प्रयोग गरिँदै आएको छ। कतिपय देशमा दूधका लागि पनि यसलाई पाल्छन्। अचम्मको कुरा के छ भने संसारको सबैभन्दा महँगो पनिर गधाको दूधको हुन्छ। यसको दूधबाट बनेको पनिरको मूल्य १ लाख ३५ हजार प्रतिकिलो छ। यसको दूधबाट बनेको पनिर र चिजमा विशेष स्वाद हुन्छ, जुन अरू कुनैको दूधमा हुँदैन। जानौं गधासम्बन्धी केही रोचक तथ्य,
–    संसारमा करिब ४४ मिलियन गधा छन्।
– एक स्वस्थ गधा ४० वर्षसम्म बाँच्छ।
– पानी पर्‍यो भने गधालाई रिस उठ्छ।
– गधाले २५ वर्षअगाडि आफू बसेको ठाउँ
सम्झन सक्छ।
– गधाको बच्चा जन्मिएको ३० मिनेटमै
उठ्न सक्छ।
– अरू जनावरको तुलनामा गधा र मानिसको दूधमा धेरै समानता हुन्छ।
– सामान ओसार–पसार गर्न पनि प्राचीन
समयदेखि नै गधाको प्रयोग गरिँदै आएको छ।
– संसारको सबैभन्दा महँगो पनिर गधाको दूधको हुन्छ। यसको २५ किलो दूधबाट जम्मा १ किलो पनिर बन्छ।
– यसको दूधबाट साबुन पनि बनाइन्छ।
– एक दिनमा गधाको १ लिटर पनि दूध आउँदैन।
– संसारको सबैभन्दा सानो गधा अमेरिकामा छ। जसको उचाइ २५ इन्च मात्रै छ।
– भनिन्छ प्राचीन मिश्रकी रानी क्लियोपेट्रा राम्री देखिनका लागि गधाको दूधले नुहाउँथिन्।
– गधाले लगभग ६० माइल टाढा रहेको अर्को गधाको आवाज सुन्न सक्छ।
– बिहान–बेलुका गधाहरू बढी सक्रिय हुन्छन्। दिउँसो गर्मीका कारण आराम गर्न रुचाउँछन्।
– गधा शाकाहारी जनावर हो। यसले फलफूल, पातपतिङ्गर आदि खाएर गुजारा चलाउँछ।
– एउटै आकारको घोडा र गधाको
तुलना गर्ने हो भने घोडाभन्दा गधा धेरै
बलियो हुन्छ।
– गधा भुइँमा सुत्न मन पराउँछ।
– गधाले घोडा तथा जेब्रा आदिसँग सम्भोग गरेर पनि बच्चा जन्माउँछ।
– गधा र घोडीको सम्भोगबाट जन्मिएको बच्चालाई खच्चर भनिन्छ।
– गधाको गर्भधारण अवधि लगभग १२
महिनाको हुन्छ।
– संसारको सबैभन्दा धेरै गधा पाइने देश इथियोपिया हो। जहाँ करिब ७ मिलियनभन्दा बढी गधा पाइन्छन्। त्यसपछि चीन, पाकिस्तान तथा मेक्सिकोमा बढी मात्रामा गधा पाइन्छन्।
(विभिन्न एजेन्सीको सहयोगमा)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button