गण्डकी प्रदेशको मुख्यमन्त्री गुरुङ सर्वसाधारणलाई भाईरस सार्दै!!?

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा । होम आइसोलेशनमा बसेका संक्रमितहरु निगरानीको अभावमा खुल्लारुपमा घुमफिर गर्दा समाजमा संक्रमणको जोखिम बढेको गुनासो आइरहेकै बेला गण्डकी प्रदेशका मुख्यमन्त्रीले भने सबै उदाहरणलाई माथ दिएका छन् । २० दिन अघि संक्रमित बनेका मुख्यमन्त्री गुरुङको रिपोर्ट अझै पनि पोजिटिभ नै आइरहेको छ ।

यही अवस्थामा उनले जनस्वास्थको मापदण्डको उल्लंघन गर्दै सोमबार अस्पताल भवनको उद्घाटन गरेका छन् । संक्रमित भएकै अवस्था न उनी आइसोलेशनमा बसे नत स्वास्थ मापण्डको नै पालना गरे ।
संक्रमित भएकै अवस्थामा मुख्य मन्त्री पदको पद तथा गोपनीयताको सपथ लिएका उनले यसबीच आइपरेको राजनीतिक उतारचढाव र भेटघाटलाई समेत रोकेनन् ।

कोरोनाको जोखिम बढिरहेको बेला हाल गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रीको कार्यभारसमेत सम्हालिरहेका एवं मुख्यमन्त्री जस्तो गरिमामय पदमा बसेर स्वास्थ आचरणको सामान्य ख्याल समेत नगरेको भन्दै स्वास्थ क्षेत्रमा उनको चर्को आलोचना सुरु भएको छ ।

कोरोना संक्रमित गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वास्थ्य मापदण्डको उल्लंघन गर्दै उद्घाटन र शिलान्यास गर्नमा नै व्यस्त छन् ।

सोमबार मात्र मुख्यमन्त्री गुरुङले तामझामका साथ स्वास्थ्य मापदण्डको पालना नगरी पोखरा महानगरपालिका वडा नं. ३३ लेखनाथ मोहोरियास्थित प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालको नयाँ भवन र प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन शिलान्यास गरे । त्यसपछि सोही अस्पतालको शल्यक्रिया तथा सघन उपचार कक्ष (आईसीयू)को रिबन काँटेर उद्घाटन गर्न भ्याए ।

२० दिनअघि कोरोना संक्रमण पुष्टि भएकामुख्यमन्त्री गुरुङको रिपोर्ट अझै पोजेटिभ नै आइरहेको उनको परीक्षणमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button