गगन थापाले संसद छलेर अध्यादेश ल्याएकोमा आफ्नै सरकारको आलोचना

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद छलेर अध्यादेश ल्याएकोमा सरकारको आलोचना गरेका छन्। उनले चालु अधिवेशन हठात अन्य गरेर अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरेका छन्।

मंगलबार कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न मिल्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको छ। पार्टी विभाजनलाई सहज बनाउन सरकारले विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो।

थापाले ओली सरकारले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक नभएको दाबी गरेका छन्। ‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत!’बुधबार ट्वीट गर्दै उनले भने,‘हिजो गलत, आज गलत, सधैं गलत, जसले गरेपनि गलत हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन। समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’

उनले समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्ने बताएका छन्। थापाले देउवाले ल्याएको बचाउ गर्दै अर्को ट्वीटमा ओली सरकारले ल्याएको अध्यादेशको समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपतिलाई अहिलेको सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने हक नभएको बताएका छन्।’उनले लेखेका छन्, ‘गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन। विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ।’ 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button