खोप लगाउ नत्र जेल पठाउछु।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले कोभिड १९ विरुद्धको खोप लगाउन नमान्ने नागरिकलाई जेल पठाउने चेतावनी दिएका छन् ।

फिलिपिन्समा ठूलो संख्यामा नागरिकहरुले कोरोनाको खोप लगाउन तयार नभइरहँदा उनले यस्तो चेतावनी दिएका हुन् । दुतेर्तेले सोमबार भनेका छन् “या त कोभिड विरुद्धको खोप लगाउनू नत्र जेल जान तयार हुनु ।”

फिलिपिन्समा हालसम्म कोभिड १९ का कारण २३ हजार जनाको मृत्यु भइसकेको छ । महामारी टास्क फोर्सका अधिकारीहरुसँगको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

कोभिड विरुद्धको खोपलाई स्वच्छिक भनेर अधिकारीहरुले अभिव्यक्ति दिइरहँदा राष्ट्रपति दुतेर्तेले भने त्यसको विपरीत कडा चेतावनी दिएका हुन् ।

बैठकमा उनले जनताहरुलाई खोप लगाउनुपर्ने नत्र खोप लगाउन तयार नहुने नागरिकलाई पक्राउ गरेर जेलमा पठाउने बताए । दुतेर्तेले विगतमा पनि यस्तै विवादास्पद अभिव्यक्ति दिँदैआएका थिए । चर्को आलोचनाका बावजुद उनले आम रुपमा रंगभेदी तथा साम्प्रदायीक अभिव्यक्ति दिने गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button