“खुवालुङ” ढुंगा मात्र होइन रहेछ!! मुख्यमन्त्री शेरधन राई

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले किरात समुदायको साँस्कृतिक महत्व बोकेको ‘खुवालुङ’ ढुङ्गाको संरक्षण गर्ने बताउनुभएको छ । मुख्यमन्त्री राईले आइतबार प्रदेश १ को प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै ‘खुवालुङ’को संरक्षण गर्ने बताउनुभएको हो ।

उहाँले ‘खुवालुङ’ ढुङ्गा मात्र नभई किरात समुदायको संस्कृतिसँग, मन्धुम र सभ्यतासँग जोडिएको ढुङ्गा भएकोले कसरी फुट्छ ? भन्दै प्रश्नसमेत गर्नुभएको थियो ।

मुख्यमन्त्री राईले ‘खुवालुङको’ संरक्षण गर्नुको विकल्प नभएको बताउँदै भन्नुभयो, ‘त्यो ढुङ्गा मात्रै होइन रहेछ । अरु ढुङ्गाहरु कहाँकहाँ छन्, पन्छाउनुपर्छ, फुटाउनुपर्छ ।’

धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा अरुण, तमोर र दूधकोशीको संगम स्थलमा रहेको ‘खुवालुङ’ ढुंगालाई संघीय सरकारले जल यातायात सञ्चालनका लागि उक्त ढुंगा फुटाउने बताउँदै आएको थियो ।

तर, किरात समुदायले आफूहरुको संस्कृतिसँग जोडिएको ‘खुवालुङ’ फुटाउन खोजेको भन्दै विरोध जनाइरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button