खुकुरी प्रहार बाट युवा घाईते

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तुलसीपुर २९ असार । दाङ तुलसीपुरमा एकाविहानै एक युवक माथी खुकुरी प्रहार भएको छ ।

दंगीशरण गाउँपालिका ५ लौवस्ता बस्ने २५ बर्षिय निर्मल बस्नेतले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेस काफलेले जानकारी दिए।

तुलसीपुर ९ दोघरे स्थित मंगलवार विहान ६:१५ बजे तुलसीपुर ५ रानीजरुवा बस्ने २३ बर्षिय बिशाल सुनार माथी खुकुरी प्रहार भएको हो।

पुरानो रिसीवीका कारण बस्नेतले सुनार माथी खुकुरी प्रहार गरेको हुन सक्ने एसपी काफलेले बताए। घाईते सुनारको खुट्टामा चोट लागेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उनको उपचार भईरहेको छ ।

खुकुरी प्रहार गर्ने बस्नेत भने फरार भएको र खोजी कार्य भईरहेको एसपी काफलेले जानकारी दिए।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button