कोरोना विरुद्धको लडाई जित्नेमा ब्राजिल अग्रस्थानमा

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विश्वभर कोरोनाको त्रास बढीरहेका बेला यो रोगलाई जितेर घर फर्किनेको संख्या पनि बढ्दो छ । वल्डोमिर्टसका अनुसार विश्वभर कोरोना भाइरसको संक्रमण भएका १ करोड ३ लाखभन्दा मानिस संक्रमणमुक्त भएका छन्। विश्वभरबाट १ करोड ३ लाख ६५ हजार १ सय ७७ जना कोरोना संक्रमुणमुक्त भएको जोन्स होप्किन्स विश्वविद्यालयले तयार पारेको तथ्यांकले जनाएको छ । कोरोनाबाट विश्वमा नै खतराको दोस्रो नम्बरमा रहेको ब्राजिलमा सबैभन्दा बढी निको भएर मानिसहरु घर फर्किएका छन् ।

निको हुनेमा ब्राजिल पहिलो नम्बरमा छ भने अमेरिका, भारत र रुसले ब्राजिललाई पछ्याइरहेका छन्। ब्राजिलमा २० लाख ८ हजार ८५४ संक्रमित निको भएका छन् भने अमेरिकामा १४ लाख ३८ हहजार १ सय ६० जना निको भएको जोन्स होप्किन्स विश्वविद्यालयले तयार पारेको तथ्यांकमा उल्लेख छ । त्यस्तै नेपालमा हालसम्म २० हजार ८६ जना संक्रमित भएका छन् भने १४ हजार ४९२ जना निको भएका छन्। भारतमा संक्रमितमध्ये अहिलेसम्म ११ लाख ४६ हजार ८७९ संक्रमणमुक्त भएका छन् भने ५ लाख ६७ हजार ६३७ जनाको उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ५४ हजार ८६५ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १७ लाख ५१ हजार ९१९ पुगेको छ । त्यस्तै ज्यान गुमाउनेको संख्या ३७ हजार ४०३ पुग्दा आइतरबा ८५२ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ । भारतमा दिनप्रतिदिन संक्रमितको संख्या बढीरहेका बेला नेपालमा पनि रातारात भारतबाट मानिसहरु भित्रिने क्रम नरोकिएका कारण खतरा बढ्दो छ । नेपालमा पनि संक्रमितको संख्या र मृत्युदर बढ्न थालेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button