कोरोनाको चिन्ता गरौं, अहिले १० अर्बको होइन : प्रधानमन्त्री

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कोरोना नियन्त्रण तथा उपचारमा खर्च भएको १० अर्ब रुपैयाँको हिसाब खोज्ने बेला नभएको बताएका छन् । जेमा पनि अनियमितता देख्ने प्रवृत्ति रहेको भन्दै उनले त्यसमा नबग्न सांसदहरुलाई आग्रह गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानन्त्री ओलीले भने, ‘आफ्नो एउटा प्रणाली छ । केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउँछ । अनि दिनैपिच्छे लेखा परीक्षण हुँदैन । अहिले सबै काममा बढी केन्द्रित भएका छन् ।

उनले अघि भने, ‘अहिले १० अर्बको हिसाब खोज्ने होइन, कोरोनाविरुद्ध केन्द्रित हुने बेला हो ।’

यदि कतिकतै अनियमितता भएको भए छानबिन गर्ने र दोषी पाइए कारबाही प्रधानमन्त्री ओलीले गर्ने बताए । उनले अहिले काम गरिएकोहरुलाई शंका गर्नु उपयुक्त नहुने पनि जिकिर गरे । प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्न पर्खिएर बसेका थिए, अलिकति रकम पाउनासाथ अनियमितता गरे भनेर आशंका गर्नुपर्ने स्थिति होइन ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button