कुलमान घिसिङको नियुक्ति बदरकाे माग राख्दै सर्वोच्चमा रिट दायर गरे विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पुनर्वहालीको माग गर्दै सर्वोच्चमा पुग्नु भएको छ । उहाँले सोमबार विद्युत प्राधिकरणमै पुनर्वहाली गर्नुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

सर्वोच्च अदालतका अनुसार शाक्यले कुलमान घिसिङको नियुक्ति बदर हुनुपर्ने र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफूलाई नै कायम गर्न अन्तरिम आदेशको माग गर्नु भएको छ ।

उहाँले आफूलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको आधिकारिक पत्र नआएको पनि रिटमा उल्लेख गर्नुभएको छ । कुलमान घिसिङलाई कार्यकारी प्रमुखमा ल्याएर सरकारले आफ्नो अधिकार हनन् गरेको उहाँले निवेदनमा दावी गर्नुभएको छ ।

शाक्यकै मन्जुरीमा कुलमान घिसिङले बुधबार मात्रै प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकको पद बहाली गर्नु भएको थियो । सरकारले शाक्यलाई भने उर्जा आयोगमा सचिव सरहको सेवा सुविधा दिनेगरी तान्ने निर्णय गरेको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button