किन लिन मानेनन् दिपक मनाङेले खेलकुद मन्त्रालय।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अस्थायी मन्त्रिमण्डल विस्तार गर्नु भएको छ । मुख्यमन्त्री नेपालीले ४ मन्त्रिहरुलाई अस्थायी रुपमा कार्यभार दिनु भएको हो ।

जसमा कुमार खड्कालाई शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तैगरी हरिशरण आचार्यले ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिइएको बताइएको छ ।

त्यस्तैगरी दीपक मनाङ्गेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । तर उनले सो मन्त्रालय स्वीकार गरेका छैनन् । त्यस्तैगरी नेकपा माओवादी केनद्रकी सांसद मधुमाया अधिकारी गुरुङले स्वास्थ्य मन्त्रालयको जिम्मा पाएकी छन् ।

उता मनाङ्गेले भने आफूले चाहेको मन्त्रालय नदिइएकोले स्वीकार नगरेको बताइएको छ । उनले अर्थ मन्त्रालय वा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय रोजेका छन् ।

नेपाली नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी (जसपा) र स्वत्रन्त्र सांसदहरुको समर्थनमा गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी मुख्यमन्त्रीमा नियुक्त भएपनि मन्मिण्डल भने बिस्तार गर्न सकस परिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button