काबुल एयरपोर्टमा १३ अमेरिकी सेनासहित ७३ जना मारिए बदला लिने बाइडनकाे चेतावनी

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काबुल : अफगानिस्तानको काबुल एयरपोर्ट बाहिर भएको विष्फोटमा १३ अमेरिकी सेनासहित कम्तिमा ७३ जना मारिएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भीडमा दुई वटा शक्तिशाली विष्फोट हुँदा कम्तिमा ६० अफगान नागरिक र १३ अमेरिकी सेनाको ज्यान गएको हो।

अफगानिस्तान तालिबानले नियन्त्रण गरेपछि त्यहाँबाट बाहिर जान चाहने अफगान तथा विदेशी नागरिकलाई उद्धार गर्ने क्रममा सो विष्फोट भएको हो। सो विष्फोटमा दर्जनौँ अमेरिकी सेनासहित सयौँ सर्वसाधारण घाइते भएको पेन्टागन स्रोतले बताएको छ।

सो विष्फोटमा आफ्ना सैनिक मारिएपछि अमेरिकी राष्ट्रपति जो बाइडनले बदला लिने चेतावनी दिएका छन्। उनले इस्लामिक स्टेटबाट सो आक्रमण भएको भन्दै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन्।

‘हामी जसरी पनि पत्ता लगाएर त्यसको मूल्य तिराउनेछौँ’, उनले भनेका छन्, ‘म हाम्रो हरेक नागरिकको प्रतिरक्षाका लागि जस्तोसुकै उपाय अवलम्बन गर्न तयार छु।’

पेन्टागनका प्रवक्ताका अनुसार दुई विष्फोटमध्ये एक विमानस्थलको गेट र अर्को बारोन होटेलको नजिकै विष्फोट भएका थिए। उनले एउटा विष्फोट आत्मघाती भएको दाबी गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button