कान्तिपुर दैनिकमा छापिएको कार्टुनलाई लिएर प्रधानमन्त्री ओलीको आपत्ति

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) को कान्तिपुर दैनिकमा प्रकाशित कार्टुनलाई लिएर आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा आफ्नो पार्टी निकट पत्रकारहरुसँगको कार्यक्रममा कान्तिपुरमा छापिएको कार्टुनप्रति आपत्ति जनाएका हुन् ।

ओलीले पत्रिकाले छापेको कार्टूनको सम्बन्धमा लोकतन्त्रले दिएको स्वतन्त्रताको हकको दुरुपयोग भएको आरोप लगाएका छन् । ओलीले भनेका छन् ‘आज एउटा प्रेत संस्थाको भिमकाय फोटो बनाएर, प्रेत संस्थाको प्रतिकको फोटो बनाएर त्यसको खल्तीमा राष्ट्रपतिलाई राखेको कति आनन्द आएको होला ? लोकतन्त्रका नाममा यसप्रकारका घृणित क्रियाकलाप गर्न । राजतन्त्र भनेको एउटा प्रेत संस्था हो । त्यो प्रेत संस्थाको विकराल फोटो बनाउने र जनताबाट निर्वाचित जनप्रतिनिधित्व, गणतन्त्रको प्रतिक रहेको संस्थालाई प्रेत, सामन्ती संस्थाको लगेर खल्तीमा राख्ने ।’

आइतबार कान्तिपुर दैनिकले छापेको उक्त कार्टुन निकै भाइरल बनिरहेको छ । सामाजिक संजाल फेसबुक, ट्वीटर र टिकटकमा कार्टुन निकै सेयर भएका छन् । उक्त कार्टुनमा प्रधानमन्त्रीको बिशाल सरिर सहित टाउकोमा श्रीपेच लगाएको र गोजीमा राष्ट्रपतिलाई राखिएको छ । यसअघि पनि प्रधानमन्त्री ओलीले मिडियाले गर्ने सम्वोधनको विषयलाई लिएर टिप्पणी गरेका थिए ।

यस्तो छ कान्तिपुरमा छापिएको कार्टुन: 

माथिको कार्टुन तश्वीर: कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button