काठमाडौंमा आज ७३१ संक्रमित थपिए

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २३ जेठ। आज नेपालमा ३ हजार ४ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ५ लाख ८८ हजार ५७९ पुगेको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

आज थपिएका मध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार १३१ संक्रमित थपिएका हुन्। थपिएका संक्रमित मध्ये काठमाडौंका ७३१, भक्तपुरका १४६ र ललितपुरका २५४ जना रहेका छन् ।

मन्त्रलायको अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ रहेको छ ।  १० हजार ४ सय ७१ जनाको पिसीआर परिक्षणमा ३ हजार ४० जना र ३२ सय  ६२ जनाको एन्टिजेन परिक्षण गर्दा ४५५ जनालाई संक्रमण पुष्टि भएको हो ।

२४ घन्टामा ६६ सय ३६ जना संक्रमणमुक्त भएका छन् ।  कोरोना संक्रमणबाट आज थप ९९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७ हजार ८ सय ९८ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button