करेन्ट लागेर भाईको मृत्यु दाई घाइते।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ट्युववेल (चापाकल) जडान गरिरहेका एक मिस्त्रीको सप्तरीमा करेन्ट लागेर मृत्यु भएको छ।

सप्तरीको रुपनी गाउँपालिका–कटैयामा ट्युववेल जडान गरिरहेका सोही ठाउँका सञ्जिब लौगीको करेन्ट लागेर मृत्यु भएको स्थानीय मिठु माझीले जानकारी दिए।

माझीका अनुसार शनिबार साँझ सञ्जिब र उनका दाजु सुरेन्द्र स्थानीय बचाइ माझीको घरमा ट्युववेल जडान गरिरहेका थिए। घटनास्थलमा माथिबाट झुण्डिएर गएको बिजुलीको तारमा फलामको पाइप छोइएर काम गरिरहेका सञ्जिबलाई करेन्ट लागेर उनी छटपटाउन थालेका थिए।

भुईंमा छटपटाएको देखेर उनका दाजु सुरेन्द्र छोडाउन गएका थिए। भाइलाई छुटाउन गएका दाजुलाई समेत करेन्ट लागेपछि बचाइको छोरा शिवकुमार माझी पनि उनीहरुलाई उठाउन गएका थिए। तीनै जनालाई करेन्ट लाग्यो। जसमध्ये सञ्जिबको मृत्यु भयो। घाइतेमध्ये सुरेन्द्रको उपचार राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भइरहेको छ। अर्का घाइते माझी सामान्य अवस्थामा छन्।

शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ। शवको आइतबार पोष्टमार्टम गरेर मृतक परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button