कडा आदेश!! दुई दिन भित्र २ हप्तालाई पुग्ने खाद्यान्न किन्नु।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रमुख प्रतिपक्षी कांग्रेसले उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीले ‘दुई दिनभित्र साता दिन पुग्ने खाद्यान्न किन्नू’ भनेर दिएको समयसीमाले जनतालाई आतंकित बनाएको भन्दै त्यसको विरोध गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले दुई दिनभित्र खाद्यान्न किन भनेर दिएको अल्टिमेटमले जनता आतंकित भएको ठहर गरेको छ ।

सरकारले कोरोना नियन्त्रण र रोकथामभन्दा पनि जनतालाई आतंकित तुल्याउने काम मात्र गरिरहेको बैठकले निचोड निकालेको छ । उपत्यकामा दुई दिनभित्र खाद्यान्न पसल पनि बन्द गराएर सर्वसाधारणलाई झन् आतंकित पारिएको भन्दै कांग्रेसले त्यसको विरोध गरेको छ ।

मंगलबार बसेको काठमाडौं भक्तपुर र ललितपुर प्रशासनले जेठ १४ देखि २१ सम्म उपत्यकामा खाद्यान्न पसल र डिपार्टमेन्टर स्टोर पनि बन्द गर्ने निर्णय गरेको छ । साथै, सर्वसाधारणलाई खाद्यान्न खरिदका लागि दुई दिनको समय दिइएको छ ।

तर, कांग्रेसले बिहान बेलुकी सानोतिनो व्यवसाय गरेर जीवन चलाउने र श्रमिकहरुलाई जीविकोपार्जनमा संकट उत्पन्न भएका भन्दै सरकारले राहतको व्यवस्था गर्नुपर्ने सुझाएको छ । यस्तो महामारीमा सरकारले राहतको व्यवस्था र जनतामा आतंक सिर्जना गर्न नहुने कांग्रेस बैठकको निचोड रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button