ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै:बाबुराम भट्टराई

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका दोस्रो तहका नेताहरुलाई चुनाव चिन्ह नै पार्टी हो र ? खै चेत? भन्दै प्रश्न गरेका छन्।

आज सामाजिक सन्जाल ट्वीटरमा लेख्दै भट्टराईले माधवकुमार नेपाललाई छाडेर अध्यक्ष ओलीसँग गएका स्थायी कमिटी सदस्यहरुलाई संकेत गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले उनीहरुमा ७० आसपासका बुढा (नेता)हरूको जति पनि सत्य र न्यायको परख, दूरदृष्टि तथा विद्रोही चेतरआँट नभएको टिप्पणी गरे।

उनले लेखेका छन्, ‘हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेतर आँट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै! बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला! ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हैन र? चुनाव चिन्ह नै पार्टी हो र? खै चेत?’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button