ओली समूहबाट प्रधानमन्त्री देउवालाई ८ जना सांसदले ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिए

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आइतबार संसद् भवनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा अनौँठो भयो । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदले विश्वासको मत दिन्छन् कि दिँदैनन् भन्ने प्रश्न चल्दै गर्दा ओली समूहकै ८ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली समूहबाट प्रधानमन्त्री देउवालाई ८ जना सांसदले ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएका छन्।

ओली र नेपाल समूह गरि एमालेबाट २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् । ओली पक्षबाट प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेहरुमा पूर्वमन्त्री प्रेमबहादुर आले मगर, सांसद कृष्णकुमार श्रेष्ठ किसानलगायत रहेका छन् ।

नेपाल समूहबाट प्रधानमन्त्री देउवालाई मत दिनेहरुमा स्वयम् माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी रहेका छन् ।

त्यस्तै गोपाल बम, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि प्रधानमन्त्री देउवालाई मत दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button