ओली श्री ५ महाराजधिराज वाट आममाफी आयो: माधव नेपाल

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई श्री ५ महाराजधिराजको संज्ञा दिएका छन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा बोल्दै ओलीले दिएको आममाफीको विषयमाथि खण्डन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता नेपालल भने, ‘हिजो महामहिम श्री ५ महाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयौँ ।’

ओलीले दिएको आममाफीमा अब नाच्नुपर्ने भन्दै उनले त्यसको कटाक्ष गरे । उनले भने, ‘महाराजधिराज खुसी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुसी हुनुपर्ने भयो । यही हो पद्धती ? यसलाई कम्युनिस्ट पद्धती भनिन्छ ?’

नेता नेपालले आफूसहित २२ सांसदहरुलाई स्पष्टीकरण सोध्नु गल्ती भएको भन्नुभन्दा पनि त्यसो नगरेको उनको भनाई छ ।

उनले भने, ‘स्पष्टीकरण सोध्नु गल्ती भयो, हतार गरेँ, मैले फिर्ता लिएको छु भनेको भए के हाइट घट्थ्यो रु,’ उनले भने, ‘मर्यादा घट्यो ? डोरी जल्यो तर बाँधिएको गाँठो उस्ताको उस्तै छ । यस्तो पनि हुन्छ ?’

साथै, सत्ताबाट बहिर्गमन भए पनि अध्यक्ष ओलीको व्यवहारमा परिवर्तन नभएको पनि नेता नेपालले भनेका छन् । उनले भने, ‘मान्छे सुध्रिएलान भन्यो । आज सुध्रिन्छन कि भन्या छ भोलि सुध्रिन्छन कि भन्या छ । केही नबोलेर हिजो मीठो–मीठो शब्द पनि मैले बोलेँ। ख्याल गरेर बोलेको छु । जिब्रोले बोल्दी पो हाल्लाकी भन्ने कत्रो चिन्ता ? बादशाहलाई घोडाबाट तल झारेपछि पनि नहुने रहेछ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button