ओलीलाई नेपाल समुहको सुझाव ‘पार्टी जोगाउन अध्यक्ष पदबाट राजीनामा दिनुस्

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फागुन ३ गते संसद् भवनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसहित २२ सांसदबीच नयाँबानेश्वरको अर्याल होटेलमा छलफल भएको छ ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको रिसमा पार्टीले कारबाही गर्ने भन्ने विषयमा मंगलबार उनीहरुबीच छलफल चलेको थियो । छलफलमा सबैले प्रतिशोधको राजनीति नगर्न र पार्टी जोगाउन चाहेमा अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिएका छन् ।

छलफलमा बोल्दै सांसद विरोध खतिवडाले कारबाही गर्न आफूहरुलाई स्पष्टीकरण पठाएको भन्ने मिडियामार्फत सुनेको तर, स्पष्टीकरण कस्तो थियो नपाएको बताए । उनले आफूहरुसँग त्यो स्पष्टीकरण पत्र आएपछि मात्र त्यसको जवाफ दिने पनि उनले बताए ।

संसद् बचाउन आफूहरुको अधिकार रहेको उनीहरुको साझा निष्कर्ष रहेको छ । बैठकमा प्रतिनिसभा पुनर्स्थापनाका लागि खेलेको भूमिका र आगामी बाटोबारे छलफल भएको थियो ।

यसैगरी सांसद रामकुमारी झाँक्रीले स्पष्टीकरण पत्र आए राजनीतिक रुपमा प्रतिवाद गर्ने र आवश्यक परे कानूनी लडाइँमा जाने बताएकी छन् । अध्यक्ष ओलीलाई अझ पनि बदला भाव राखेको भए त्याग्न र पार्टीलाई अघि बढाउन मन छ अध्यक्ष पदबाट छाड्न दबाब दिइन् ।बदलाको भावले पार्टी अघि नबढ्ने पनि उनले बताइन् ।

यसैगरी ओली समूहको पार्टीविनै आफूहरुको बहुमत पुग्ने र पार्टी बनाउन सकिने विषयमा पनि छलफल भएको छ । सांसद मेटमणि चौधरीले केही दिनको पर्खाइमा यस्तै झमेला देखिए केन्द्रीय कमिटी र संसदीय दलमा समेत आफूहरुको बहुमत पुग्ने बताए ।

सांसद् चौधरीले भने, ‘केन्द्रीय सदस्यहरुको राय सुन्दा १५ दिन भित्र एमालेको केन्द्रीय कमिटीमा बहुमत पुग्ने निश्चित छ । र, संसदीय दलमा पनि बहुमत पुग्ने भएकाले त्यसबाट ओलीलाई हटाएर ओलीबाहेकको पार्टी गठन गर्ने भन्ने सुझाव आएको छ।’

केन्द्रीय कमिटीमा बहुमत पुग्ने भएपछि अध्यक्ष ओलीलाई हटाउन सकिने विषयमा पनि छलफल चलेको छ । नेपाल समूहले भोलि ११ बजेका लागि बैठक डाकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button