ओमिक्रोन भेरियन्टद्वारा संक्रमित हुँदा कस्ता लक्षण देखिन्छन् ?

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबारे सबैभन्दा पहिला पत्ता लगाउने दक्षिण अफ्रिकी डाक्टर एन्जेलिक कोएट्जीले हालसम्म नयाँ भेरि`यन्टद्वारा संक्र`मित बि`रामीमा निकै साधारण लक्षण देखिएको जानकारी दिएकी छिन् ।

बीबीसीलाई दिएको एक अन्तरवार्तामा उनले भनिन्, ‘मलाई भेट्न ३३ वर्षका एक बि`रामी आएका थिए । एउटा शल्यक्रि`याका लागि । उनले मलाई आफू पछिल्लो दुई दिनदेखि थाकेको महसुस गरिरहेको र उनको टाउको थोरै दु`खिरहेको बताएका थिए । शल्यक्रि`या अघि हामीले उनको परीक्षण गरायौं र उनी को`रोनाको ओमिक्रो`न भेरियन्टद्वारा ग्र`सित भएको थाहा पायौं ।’

‘त्यसपछि हामीले उनको पूरा परिवारको परीक्षण गरायौं । पूरा परिवारमा पोजेटिभ देखियो । सबैलाई निकै साधारण लक्षण थिए । उनीहरुलाई खोकीको सम`स्या थिएन न नै उनीहरुको स्वा`द वा गन्ध म`हसुस गर्ने क्ष`मता कम भएको थियो । उनीहरुमा निकै सामान्य लक्षण देखियो ।’

‘धेरैजसो जो बि`रामी हामी भएठाउँ आए उनीहरुमा निकै साधारण लक्ष`ण मात्रै थिए तर ती सबै नयाँ भेरियन्टका शिकार पाइए । म देशको कोभिड कमिटीको हि`स्सा हुँ त्यसैले मैले को`रोनाका पोजेटिभ केस जतिपनि भेटिएका छन्, ती सबै डेल्टा भेरियन्टभन्दा पूर्ण रुपमा अलग भएको जानकारी कमिटीलाई दिएँ । त्यसपछि स्याम्पलको प्रयोगशालामा परीक्षण हुँदा थाहा भयो कि यो एउटा नयाँ भेरियन्ट हो ।’

यो महिनाको सुरुवातमा दक्षिण अफ्रिकामा यो भेरियन्टबारे पत्ता लागेको थियो । अघिल्लो बुधबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई यसबारे जानकारी दिइएको थियो । रातोपाटी बाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button