एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीचको वार्ता सकियो

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सत्तारुढ नेकपा (एमाले)को विवाद समाधानका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ।

नेता भीम रावलका अनुसार एकता कार्यदलको सहमति अनुसार शीर्ष नेताबीचको छलफल सकारात्मक भएको जानकारी दिए।

कार्यदलको योजना अनुसार शीर्ष नेताको वार्तापछि एकताको मस्यौदामा हस्ताक्षर हुन सकेन। बैठक स्थलबाट अध्यक्ष ओली र नेता नेपाल सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिन चाहेनन्। कार्यदल सदस्यले भने भोलि फेरि कार्यदलको बैठक बस्ने बताएका छन्।

‘कुराकानी सकारात्मक ढंगले अगाडि बढेको छ।’ पत्रकारसँग प्रतिक्रिया दिँदै सुरेन्द्र पाण्डेले भने, ‘भोलि कार्यदलको बैठक बस्छ।’

ओली र नेपालसँगै वार्तामा ओली पक्षका ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी थिए भने वरिष्ठ नेता नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डेको उपस्थिति थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button